• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

एमालेले बनायो ९ विभाग,स्कुल विभाग प्रमुखमा ओली

काठमाडौं । नेकपा एमालेले ९ वटा विभाग बनाएको छ। पार्टी स्थायी कमिटीको सोमबार बसेको बैठकले संगठन,स्कुलसहितका १४ वटा विभाग बनाएको हो ।

 

संगठन विभागको प्रमुख उपमहासचिव विष्णु पौडेल छन् भने संसदीय विभागको प्रमुखमा उपनेता सुवास नेम्वाङ,आर्थिक विभाग प्रमुखमा विष्णु रिमाल, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली, पर्यटन प्रवर्द्धन विभाग प्रमुखमा भानुभक्त ढकाल छन् ।

 

स्कुल विभाग प्रमुखमा अध्यक्ष केपी शर्मा ओली स्वयं छन् भने विदेश विभाग प्रमुखमा डा.राजन भट्टराई, निर्वाचन विभाग प्रमुखमा अग्नि खरेल र स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाल रहेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

 

प्रवक्ता ज्ञवालीका अनुसार विभागहरु २५ सदस्यीय हुनेछन् । अहिले आर्थिक विभागमा २ निर्वाचनमा ६ स्कुलमा ११ सदस्य छन् भने अरुमा १४र१५ सदस्य छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार