• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024
अर्थ

स्टार्टअप ब्यवसाय गरिरहेका युवालाई प्रोत्साहित गर्न नेक्सजेन कार्यक्रम

काठमाडौं । नेक्सजेन म्यानेजमेन्टले हिजो काठमाण्डौंमा योंग इनोभेटर्स मिट कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बानेश्वरको आनन्दभुमि बिजनेस सेन्टरमा शनिबार आयोजित कार्यक्रममा युवाहरूको ब्यापक सहभागिता रहेको थियो । स्टार्ट अप ब्यवसाय गरिरहेका र नयाँ गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्न नेक्सजेनले यो कार्यक्रम संचालन गरेको थियो ।

 
    कर्यक्रममा सहभागिहरूको स्वागत नेक्सजेनका अध्यक्ष रमेश कुमार भट्टराईले गर्नुभएको थियो । देशमा कामको प्रशस्त अवसर भएर पनि उचित जानकारीको अभावमा युवाहरू निराश भएर विदेश पलायन हुँदैछन् । सहयोगी संस्थाहरू र काम गर्न चाहने युवाहरू बिच सहजीकरण गर्न यस कार्यक्रमको आयोजना गरिएको जानकारी अध्यक्ष भट्टराईले दिनुभयो  । यस्ता कार्यक्रम काठमाण्डौं लगायत देशका अन्य स्थानमा पनि निरन्तर गरिने बताउनुभयो । 


    स्टार्ट अप इनोभेसन एण्ड इन्कयुवेसन सेन्टरका अध्यक्ष डा. शम्भु पोखरेलले आर्थिक मन्दिको यस्तो प्रतिकुल अवस्थामा नेक्सजेन म्यानेजमेन्टले प्रशंशनिय कार्य गरेको छ । उहाँले स्टार्ट अप ब्यवसाय गर्न चाहनेलाई सेन्टरले सहयोग गर्ने विश्वास दिलाउनुभयो । कार्यक्रममा विजय लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालले लघु वित्तिय संस्थाको तर्फबाट स्टार्ट अप ब्यवशाय गर्न चाहनेलाई वित्तिय श्रोतको ब्यवस्था गर्न सकिने जानकारी दिनुभयो । 


    कार्यक्रममा प्रमुख अतिथिको आसनबाट कृषि विकास बैंक र नेपाल बैंकका पुर्व कार्यकारी प्रमुख देवेन्द्र प्रताप शाहले युवाहरू अघि नबढि देश नबन्ने बताउनुभयो । युवाहरूले नयाँनयाँ कामको संभावना खोजि गरेर अघि बढ्नुपर्ने र नेक्सजेन म्यानेजमेन्ट जस्तो संस्थासँग सहकार्य गरि काम गर्दा सफल हुन सकिने विश्वास ब्यक्त गर्नुभयो । 


    योंग इनोभेटर्स मिट कार्यक्रमको अध्यक्षता ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले गर्नुभएको थियो । उक्त कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गर्दै उहाँले बैंकहरूले जनताको निक्षेप बाट लगानी गर्नुपर्ने हुन्छ । त्यसैले संभावना भएको र कर्जा तिर्न सक्ने क्षमता भएको उध्योग ब्यवशायमा मात्र लगानी गर्न सकिने जानकारी गराउनुभयो ।

 

स्टार्ट अप ब्यवसाय अधिकांश सफल हुँदैनन् । त्यसैले अध्ययन अनुसन्धान गरेर नयाँ प्रविधि र सोचका साथ टिम बनाएर काम गर्दा सफल हुने बज्राचार्यले विश्वास ब्यक्त गर्नुभयो । साथै नेक्सजेन म्यानेजमेन्ट जस्तो अनुभवि र दक्ष संस्थामार्फत आउँदा बैंकहरूलाई लगानी गर्न सहज हुने जानकारी पनि उहाँले दिनुभयो । 

 


    कार्यक्रमको अन्त्यमा नेक्सजेनका संचालक सुरेश सापकोटाले सहभागीहरूलाई धन्यवाद ब्यक्त गर्दै युवाहरूले जोखिम नलिई अगाडि बढ्न सक्दैनन् । त्यसैले संभावनाका नयाँ क्षेत्रको पहिचान गर्दै काम गर्ने साहस देखाउन आग्रह गर्नुभयो । स्टार्ट अप ब्यवसायी, बिभिन्न कलेजका मास्टर्स तहमा अध्ययनरत विध्यार्थी र नयाँ काम गर्न चाहने युवाहरूसमेत गरि सत्तरी जना भन्दा बढिको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार