• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
अर्थ

आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी सम्मेलन सफल बनाउन नेपालस्थित विदेशी राजदूतावास, कूटनीतिक नियोग र विकास साझेदारहरूसँग आग्रह गरेका छन ।

 

 आज सिंहदरबार कुटनीतिज्ञ एवम् विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सबै देशका कूटनीतिक नियोगहरूको महत्त्वपूर्ण भूमिका रहने बताए ।

 

प्रधानमन्त्री प्रचण्डले परियोजनाहरूलाई समान प्राथमिकतामा राखिएको जानकारी गराउँदै सरकार लगानीमैत्री वातावरण बनाउन कानून परिमार्जन र प्रक्रियागत सुधार गर्न लगानीकर्ताहरूलाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको समेत स्पष्ट पारेका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार