• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
अर्थ

उघोग वाणिज्य दिवसको अबसरमा मनकामना दर्शन प्राली सम्मानित

काठमाडौं । नेपालको पहिलो केबलकार  सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.ली आर्थिक बर्ष २०७८ २०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानि तभएको छ । 


नेपाल उघोग वाणिज्य महासंघको ५८ औ वार्षिक साधारण सभा तथा उघोग वाणिज्य दिवस २०८० को अवसरमा मनकामनादर्शन प्रा.ली सम्मानित भएको हो  । प्रधानमन्त्री पुष्पकमल दाहालले मनकामना दर्शन प्रा.लीकी सेल्स तथा मार्केटिङ् डाइरेक्टर यशु क्षेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन् ।



गतवर्ष पनि सोही विधामा सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित यस कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको र मनकामना मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना एवम् गोरखाको सहिदलखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न अतुलनीय योगदान पुर्याईरहेको  छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार