• बिहीबार १-२७-२०८१/Thursday 05-09-2024
मनोरञ्जन

‘चरी बस्यो बनैमा’ सार्वजनिक

काठमाडौं । ‘चरी बस्यो बनैमा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक तीर्थराज गुरागाई र गायिका स्वस्तिका ढकालको स्वर रहेको गीत शनिबार ‘नेपमेलो’को युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

 

सार्वजनिक गीतमा समीर आचार्यको शब्द तथा संगीत रहेको छ । यस गीतको रेर्कड अष्ट्रेलियाको सिड्नीस्थित नेपमेलो स्टुडियोमा गरिएको हो । गीतको भिडियोमा मोडल प्रभात पल ठकुरी र अनिषा ओलीको नृत्य देख्न सकिन्छ ।

 

राजीव समरको कोरियोग्राफी रहेको भिडियोलाई सिनेमाटोग्राफर अर्जुन तिवारीले खिचेका हुन् । गीतको निर्देशन सान थापाले गरेका हुन् ।
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार