• आइतबार २-६-२०८१/Sunday 05-19-2024
पत्रपत्रिका

३० किलो मासु र ३ थान बन्दुक सहित ४ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा वन्यजन्तु मारेर बिक्री गर्ने एक समूहलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराले बाणगंगा नगरपालिका १ बाट वन्यजन्तु मार्न प्रयोग हुने बन्दुक, गोली र भाग लगाउँदै गरेको ३० किलो मासु सहित ४ जनालाई पक्राउ गरेको छ ।

 

प्रहरी निरीक्षक गोपाल रायमाझीको कमान्ड खटिएको टोलीले सोही नगरपालिका वडा नम्बर १ जितपुर बस्ने धन बहादुर सेन, १ बुङ्ची बस्ने असीम खाँण, वडा नम्बर २ बस्ने दुर्गा बहादुर शाही र रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका ११ मिलन चोक चित्र मल्ललाई पक्राउ गरेको छ ।

 

उनीहरूले खाँणको घरमा मासु भाग लगाउँदै गरेको अवस्था पक्राउ गरिएको थियो । प्रहरीले बा १३ च ८१८४ नम्बरको कार, लु ५१ प ५२६१ नम्बरको मोटरसाइकल र १६ राउन्ड टोटा समेत प्रहरीले बरामद गरेको छ । धन बहादुर सेनको घर खानतलासी गर्दा बाह्र बोर एकनाले बन्दुक २ थान, बाह्र बोर दुई नाले बन्दुक १ थान, दुवै बन्दुकमा लाग्ने टोटा २० थान, २२ हर्नेट लेखेको गोली ३ थान, म्याग्नममा लाग्ने गोली थान ३ बरामद गरेको छ ।जानु पाण्डे/ गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार