• आइतबार २-६-२०८१/Sunday 05-19-2024
बिश्व

इजरेल र हमासबीच काएरोमा वार्ता

दशौँ हजार इजरेलीहरूले युद्धविरामसँगै हमासद्वारा बन्धक बनाइएकाहरूलाई स्वदेश फर्काउन माग गर्दै शनिवार राती र्‍याली आयोजना गरेका छन्।तेल अभिभमा प्रदर्शनमा उत्रिएकाहरूले "युद्ध होइन जीवन पवित्र हो" भन्दै नारा लगाएका थिए।

 

कतिपयले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि युद्ध लम्ब्याउन चाहेको आरोप समेत लगाए।बन्धकहरूको रिहाइ र गाजामा युद्धविरामका लागि इजिप्टको राजधानी काएरोमा इजरेल र हमासबीच शान्ति वार्ता सुरु भएको छ।

 

शनिवार सुरु भएको वार्तामा उल्लेख्य नयाँ प्रगति नभएको तर आइतबार नयाँ चरणको वार्ता जारी रहने एक जना हमासका अधिकारीले बताएका छन्।यसअघि हमासका अर्का एकजना अधिकारीले गाजामा दिगो युद्ध अन्त्य गर्ने बाहेकका कुनै पनि प्रस्तावलाई आफूहरूले स्वीकार नगर्ने बताएका थिए।

 

तर पछिल्लो वार्ता सम्बन्ध प्रस्ताव प्राप्त भएपछि आफूहरूको वार्ता टोली सकारात्मक भावका साथ काएरो प्रस्थान गरेको हमासले बताएको थियो।“हामी प्यालेस्टाइनको माग पुरा हुने सहमति मात्रै गर्ने कुरामा प्रतिबद्ध छौँ,” हमासले भनेको छ।

 

 

अर्कोतर्फ, इजरेल सरकारले सहमति भए वा नभए पनि रफाह सहरमा आक्रमण गर्ने आफ्नो योजनालाई अघि बढाउने बताएको छ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले उक्त लडाकू समूहले युद्धविरामका लागि धेरै सोच्न नपर्ने बताएका छन्।बीबीसी

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार