• बुधबार १-१९-२०८१/Wednesday 05-01-2024
बिश्व

भारतमा संसदीय चुनाव कहिले र कसरी,नरेन्द्र मोदी र भाजपाविरुद्ध कुनकुन दल छन् ?

भारतमा अर्को साता आरम्भ भएर छ सातामा सकिने संसदीय निर्वाचन विश्वमा अहिलेसम्म भएको सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यास हुने छ।एप्रिल १९ देखि जुन १ सम्म चल्ने उक्त चुनाव जितेर तेस्रो पटक प्रधानमन्त्री बन्ने अपेक्षा नरेन्द्र मोदीको छ।विपक्षी दलहरूले उनी सत्तामा रहिरहे भारतीय जनताले स्वतन्त्रता गुमाउने चिन्ता व्यक्त गरेका छन्।

 

हालै गरिएका मतसर्वेक्षणहरूले संसद्को तल्लो सदन लोकसभामा मोदीको भारतीय जनता पार्टी (भाजपा) र उसका साझेदारहरूले तेस्रो पटक जित हासिल गर्ने देखाएका छन्।लोकसभाले प्रधानमन्त्री निर्वाचित गर्छ र प्रधानमन्त्रीले सरकारका मन्त्रीहरू चयन गर्छन्।

 

सन् २०१९ को चुनावमा भाजपाले ३०३ सिट जितेको थियो।भाजपाले बनाएको गठबन्धन 'न्याश्नल डेमोक्र्याटिक अलायन्स'मा रहेका दलहरूले कुल ३५२ सीट जितेका थिए।प्रमुख विपक्षी इन्डियन न्याश्नल कङ्ग्रेस नेतृत्वको गठबन्धनबाट सन् २०२४ मा प्रमुख चुनौती हुने छ।

 

दुई दर्जन पार्टीहरू मिलेर मोदीलाई चुनौती दिन 'इन्डियन न्याश्नल डेभलप्मन इन्क्लुसिभ अलायन्स' (इन्डिया) नामक गठबन्धन बनाएका छन्।

 

उक्त गठबन्धनमा रहेका प्रमुख राजनीतिज्ञमा मल्लिकार्जुन खर्गे तथा दिवङ्गत प्रधानमन्त्री राजीव गान्धीका छोरा राहुल र छोरी प्रियङ्का गान्धी छन्। उनीहरूकी आमा सोनिया गान्धी शक्तिशाली विपक्षी नेता हुन् तर उनले सन् २०१९ मा जस्तो सक्रिय रूपमा अभियानमा सहभागी नहुने ठानिएको छ।उक्त गठबन्धनमा दिल्लीको सत्तारूढ आम आदमी पार्टी र कैयौँ महत्त्वपूर्ण क्षेत्रीय दलहरू पनि छन्।बीबीसी

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार