• सोमबार १-१७-२०८१/Monday 04-29-2024
बिश्व

अर्बौँ डलर ठगी मुद्दामा भियतनामी महिलालाई मृत्युदण्ड हुने फैसला

यो अहिलेसम्म भियतनाममा भएको सबैभन्दा चर्चित सुनुवाइ हो। यो मुद्दा विश्वभरिकै एउटा ठूलो ब्याङ्क ठगीसँग सम्बन्धित छ।

 

हो ची मिन्ह सिटीमा एउटा उपनिवेशकालीन भवनमा अहिले अदालत छ। अदालतको पहेँलो प्रवेशद्वारभित्र भियतनामको एउटा ठूलो ब्याङ्कलाई ११ वर्षभन्दा बढी समय "लुटेको" अभियोग खेपेकी एक ६७ वर्षीया महिलालाई कठघरामा उभ्याइयो। ती महिला घरजग्गा कारोबारी हुन्।

 

अदालतले उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनायो। यो दुर्लभ फैसला हो। भियतनाममा कुनै वित्तीय अपराधमा महिलालाई पहिलो पटक मृत्युदण्ड सुनाइएको हो।यो मुद्दामा प्रस्तुत आँकडा अत्यास लाग्ने खालका छन्। ट्रूङ मी लानले साइगन कमर्शल ब्याङ्क (एससीबी) बाट ४४ अर्ब डलर ऋण लिएको दाबी गरिएको थियो।

 

अदालतले उनलाई २७ अर्ब डलर फिर्ता गर्न आदेश दिएको छ। तर अभियोजनकर्ताहरूले त्यो रकमध्ये २७ अर्ब डलर कहिल्यै पनि उठ्न नसक्ने आशङ्का व्यक्त गरेका छन्। केही व्यक्तिले हराइरहेको रकम फेला पार्न उनलाई दबाव दिने उद्देश्यले उनलाई मृत्युदण्डको सजाय सुनाइएको अनुमान गरेका छन्।

 

मार्क्सवादका सिद्धान्तप्रति प्रतिबद्ध परम्परावादी विचारक नुइन फू चान अनियन्त्रित भ्रष्टाचारप्रतिको मानिसहरूको आक्रोशले कम्युनिस्ट पार्टीको शक्तिमाथिको एकाधिकारप्रति गम्भीर खतरा उत्पन्न गराउने ठान्छन्।सन् २०१६ मा व्यापार पक्षधर नीतिहरूको पैरवी गर्ने तात्कालिक प्रधानमन्त्रीलाई पाखा लगाउँदै पार्टीको मुख्य जिम्मेवारीमा उनले आफ्नो निरन्तरता कायम राखे।बीबीसी

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार