• शनिबार १-२२-२०८१/Saturday 05-04-2024
देश/प्रदेश

मौसमः पहाडी क्षेत्रमा पानी पर्ने,हुरीबतासको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम  सफा रहेको जनाएको छ । 

 

महाशाखाका अनुसार आज दिउँसो गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा  मुख्यतया मौसम सफा रहने छ । गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

 

 एक–दुई स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार