• आइतबार २-६-२०८१/Sunday 05-19-2024
मनोरञ्जन

अभिनेता राज कटुवालले चलचित्र मायावी निर्माण गर्ने

काठमाडौं।अभिनेता राज कटुवाललाई चिन्नेले मोडल तथा अभिनेताको रुपमा चिन्छन् । फिल्म ‘लीला’ र ‘लालटिन’मा आफ्नो अभिनय कला देखाइसकेका राज अब नायकबाट निर्मात बन्ने भएका छन् । राज चलचित्र विकास बोर्डका निवर्तमान सदस्यसमेत हुन् ।

 

राज फिल्म ‘मायावी’मार्फत निर्माणमा पाइला चाल्न लागेका हुन् । यो फिल्ममा चर्चित निर्देशक दिवाकर भट्टराईको निर्देशन रहनेछ । यतिबेला यस फिल्मको छायाकंन गर्ने तयारी हुर्दैछ । छायाकंनअघि यस फिल्मका मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ ।



प्रेमकथा रहने यस फिल्मका लागि यसअघि नै मुख्य नायिकामा दीपिका प्रसाई र मुख्य नायकहरुमा पल शाह, सुशील सिटौला र मोडल समिम खान अनुबन्धित भइसकेका छन् । अभिनेता पल झण्डै डेढ वर्षपछि यसै फिल्ममार्फत रजतपटमा कमव्याक गर्दैछन् भने समिमले यो फिल्मबाट डेब्यू गर्दैछन् ।



 

फिल्ममा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ । भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्दैछन् ।फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने भएको छ । पोखराकै परिवेशमा रहेर यो फिल्मको कथा बुनिएको निर्माणपक्षले जानकारी दिएको छ ।




क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्मका बाँकी कलाकार र प्राविधिकको सम्पूर्ण जानकारी दिर्दै निर्माणपक्ष असोज २ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको छ । फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार