• शनिबार १-२२-२०८१/Saturday 05-04-2024
देश/प्रदेश

आज कतारका राजा नेपाल आउँदै

काठमाडौं । कतारका अमिर राजा शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै हुनुहुन्छ । उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर स्वागत गर्नुहुने छ ।

 

उहाँको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिनेछ। थानीले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको  हो।

 

कतारी अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपतिले उहाँको सम्मानमा साँझ राजकीय भोजको आयोजना गर्नुहुने छ।

 

थानीले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार