• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
राजनीति

सूर्यदर्शन सहकारी रकम हिनामिना प्रकरणमा कांग्रेसले आजपनि आवाज उठायो

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा समय लिँदै  आजपनि गृहमन्त्री रवि लामिछाने मुछिएको सूर्यदर्शन सहकारी रकम हिनामिना प्रकरणमा आवाज उठाएको छ । 

 

 कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले अब आउने बैठकमा संसदीय छानबिन समिति बनेको पाउनेमा आफूहरू आशावादी रहेको समेत बताए ।शर्माले आजकै दिनबाट समिति गठनमा दिएको अल्टिमेटम सकिएको जानकारी दिदै  कांग्रेस नयाँ समीकरणको तयारीमा नरहेको पनि स्पष्ट पारे। 


 
प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को नजीरलाई गलत दिशातर्फ लैजाने प्रयत्न गरेको रास्वपाले आरोप लगाएको छ । रास्वपाका नेता एवं सांसद डा. स्वर्णिम वाग्लेले गृहमन्त्रीले आफूमाथि लागेको आरोपबारे संसद्को रोस्टममा बोल्छु भन्दा प्रतिपक्षीले बन्देज गराउनु नैतिक धरातललाई बिर्सनु रहेको  बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार