• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

असोज ३ मा वडा र ९ गते स्थानीय तहको अधिवेशन गरिसक्न एमालेको निर्देशन 

काठमाडौं । नेकपा (एमाले) ले साउन २७ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ।

 

‘आज हामीले खासगरी पार्टी सदस्यतालाई नवीकरण गर्ने र अध्यावधिक गर्ने एउटा समयसीमा तय गरेका छौं। पहिले नै निर्देशन दिइसकेको हो। अब साउन २३ गतेभित्र सबै ठाउँका पार्टी कमिटीहरुले, खासगरी जिल्ला पार्टी कमिटीले, प्रदेश पार्टी कमिटीले सदस्यता नवीकरण र अध्यावधिक गरेर केन्द्रमा पठाइसक्नुपर्छ महासचिव ईश्वर पोखरेलले बैठकपछि सञ्चारकर्मीसँग भने।’

 

आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन गर्न लागिएकाले सदस्यता अध्यावधिक र नवीकरण गर्ने कुरा टुंग्याउनका लागि सो निर्णय गरिएको पनि उनले बताए।

 

महासचिव पोखरेलले असोज ३ गते वडा तहको अधिवेशन गर्ने र असोज ९ गते स्थानीय तहको अधिवेशन गरिने पनि बताए। विधान अधिवेशनको सम्बन्धमा थप निर्णय गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बोलाइएको उनले जानकारी दिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार