• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

‘प्रचण्ड’ र माधव नेपालको ‘प्रेम’ सिनेमा जस्तो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो विपक्षमा रहेका  माथि  कडा टिप्पणीको वर्षा गरका छन । 

 

प्रेस संगठन नेपालको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले पुष्कमल दाहालले आफ्नो परिवारबाहेक अरु केही नसोच्नेको आरोप लगाएका छन ।उनले पुष्पकमल दाहाल, माधव नेपालदेखि भीम रावलसम्मलाई निशानामा पारेका छन ।


पुष्पकमल दाहलले परिवारको हितमा मात्रै सोचेको आरोप लगाउदै ओलीले भने,छोरीलाई जिताउन मत पत्र च्यात्नै प¥यो । ज्वाइँ छन्, घर किन्दिनै पर्‍यो । बाउ होस् त्यस्तो, ससुरा होस् त्यस्तो ।’ पछिल्लो समय ओलीले प्रचण्डमाथि परिवारको स्वार्थमा मात्र काम गरेको आरोप लगाउँदै आएका छन् ।

 

दाहाल–नेपाल समूहका भीम रावलले आफूलाई महिलाको किड्नी राखेकाले दिमागले काम गरेन भनेको आक्षेप दाहोर्‍याउँदै ओलीले रावलको विद्यावारिधीमाथि  समेत कडा टिप्पणी गरेका छन । ।

 

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको ‘प्रेम’ सिनेमा जस्तो भएको भन्दै यसलाई नाटकको संज्ञा दिएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार