• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

‘चुनावको तयारी गर्नू, सूर्य र नेकपा हाम्रै हो’

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई निर्देशन दिएका छन् ।

 

बिहिबार बालुवाटारमा ओली पक्षको भएको स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा उनले सरकारले निर्वाचनको घोषणा गरिसकेकाले त्यसको तयारीमा लाग्न निर्देशन दिए ।

 

बैठकमा ओलीले भने, ‘अब निर्वाचनमा जाने हो । बैशाख १७ र २७ गतेबाट एकदिन पनि निर्वाचन ढिलाइ हुँदैन।’ निर्वाचन आयोगबाट पार्टीको आधिकारिता आफूहरुले नै पाउने पनि उनले नेता तथा कार्यकर्ताहरुलाई आश्वस्त पारे ।

 

‘हामी नै आधिकरिक हौं । प्रथम अध्यक्ष र महासचिव हामीसँग छ । विधानअनुसार प्रथम अध्यक्ष र महासचिवविना कसैले बैठक त गर्न सक्दैन । त्यस्तो अवस्थामा को हुन्छ र आधिकारिक रु सूर्य चिह्न र नेकपा हाम्रै हो,’ छलफलमा ओलीले भने ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार