• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते

धनगढी । डडेल्धुरा राजमार्ग अन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी बुधबार राति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन्।

 

बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र ०१००१ ज १२५४ नम्बरको उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खेसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहार घाइते भएका छन्।

 

बेहुलाको टाउकोमा र बेहुलीको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। कैलाली प्रहरीको टोलीले घाइतेको उद्धार गरी अत्तरियास्थित पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार