• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
पत्रपत्रिका

सम्पत्ति शुद्धीकरण : ४ जनालाई आठ वर्ष कैद

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चार जनालाई जनही आठ वर्ष कैद सजाय सुनाएको छ । बिमा रकम हत्याउने उद्देश्यले कानुनी विवाह गरी व्यक्ति हत्यामा समेत संलग्न उनीहरूलाई सम्पत्ति शुद्धीकरणमा विशेषले सजाय निर्धारण गरेको हो । अर्का एक प्रतिवादीलाई अदालतले चार वर्षको सजाय सुनाएको छ । 

 

अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले सपना मल्ल, सञ्जीव अर्याल, दीपक केसी र सरदार अहमद खाँलाई जनही आठ वर्ष कैद सजाय सुनाएको हो । यस्तै प्रतिवादी टोवबहादुर राना क्षेत्रीलाई चार वर्षको कैद सजाय सुनाइएको छ । 

 

अदालतले मल्ललाई ७२ लाख १८ हजार बिगो कायम गरेको छ । यस्तै अर्याललाई ८० लाख ३६ हजार, केसीलाई ६० लाख र खाँलाई २० लाख रुपियाँ बिगो अदालतले कायम गरेको छ । क्षेत्रीलाई अदालतले ३६ लाख नौ हजार रुपियाँ बिगो अदालतले कायम गरेको छ । जनही बिगोको दोब्बर जरिबानाको फैसला पनि अदालतले गरेको छ ।  अदालतले प्रतिवादी मल्ल, अर्याल र केसीका नाममा रहेको बैङ्क खाताको रकम जफतको पनि फैसला गरेको छ । खाँको नामको एक कित्ता जग्गा पनि जफतको फैसला विशेषले गरेको छ ।  

 

विशेषले चैत ४ गते पाँच जनाको हकमा कसुर ठहरको फैसला भएको थियो । जसको सजाय मङ्गलबार निर्धारण भएको हो । अदालतले प्रतिवादीमध्ये छविकुमारी खत्रीलाई कसुरबाट सफाइ दिएको थियो । खत्रीले लिएको रकम भने जफत हुने फैसला अदालतको थियो ।गोरखापत्र 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार