• सोमबार १-२४-२०८१/Monday 05-06-2024
डबली

राजधानीमा महिला पुस्तक प्रदर्शनी

काठमाडौं । पारिजात स्मृति केन्द्रको आयोजना र फिनिक्स बुक्सको संयोजनमा आयोजना गरिएको महिला पुस्तक प्रदर्शनी-२०८१ को काठमाण्डौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले वैशाख ११ गते उद्घाटन गरिन।

 

पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा भएको उक्त उद्घाटन कार्यक्रममा प्रदर्शनीको औचित्यमाथि केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले साहित्यकार पारिजातकै संयोजनमा वि.सं. २०४२ साल चैत्र १ गते देखि ७ गतेसम्म सञ्चालन भएको पहिलो महिला पुस्तक प्रदर्शनीको स्मरण गर्दै  प्रदर्शनीले महिला साहित्यकारहरुमा असल र गुणस्तरीय कृति लेख्ने उत्प्रेरणा जागृत गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे । 

 

कार्यक्रमका प्रमुख अतिथि उपमेयर सुनिता डंगोलले महिला लेखकहरुको यो प्रकारको सहभागिताले आफू पनि उत्साहित भएको बताइन । पारिजात स्मृति केन्द्रका यस प्रकारका गतिबिधिलाई आफूले निरन्तर सहयोग गर्ने बचनवद्धता व्यक्त गरिन । कार्यक्रमका संयोजक फिनिक्स बुक्सका प्रमुख गणेश सुबेदीले अत्यन्तै छोटो समयमा  कार्यक्रम आयोजना गर्नु परे पनि महिला लेखकहरुको उत्साहजनक सहभागिताले आफू पनि उत्साहित भएको धारणा राखेका थिए ।

 

पहिलो दिनको प्रदर्शनीमा'मैले चिनेको पारिजातु अन्तरसम्बादको ऋङ्खला- १ मा डा. राजेन्द्रप्रसाद अधिकारी र शान्ती कुमारी राई ऋङ्खला-२ मा रघुजी पन्त र इन्दिरादलीले पारिजातसँग सम्झना र पारिजातको नेपाली साहित्यमा पुऱ्याएको योगदानको विविध कोणबाट चर्चा र विश्लेषण गरे । पहिलो दिनको दुवै  चरणको कार्यक्रमको संचालन विन्दु शर्माले  गरेकी थिइन । पुस्तक प्रदर्शनी  वैशाख  १५ गतेसम्म राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा संचालन हुनेछ ।

 

कार्यक्रमको दोस्रो दिन 'मैले चिनेको पारिजात' अन्तरसम्बादको ऋङ्खला-१ मा पम्फा भुषाल र आहुतिले पारिजातको जीवन, राजनीति, सिर्जना र संघर्षका विविध आयाम बारे धारणा राखे । 'मेरो पार्टीको नेताले मलाई पहिलोपटक पारिजात भनेको बाइफाले आइमाइ हो भनेर सिकायोु भन्दै साहित्यकार आहुतिले पारिजात श्रमिक वर्गको असल पथप्रदर्शक भएको बताए । पारिजातलाई साहित्यकारसँगसँगै राजनैतिक नेताको रूपमा पनि बुझ्नुपर्छ भन्दै नेत्री  पम्फा भुसालले पारिजातको विचार र सिर्जनालाई नयाँ पुस्ताले पनि ग्रहण गर्नुपर्ने धारणा राखेकी थिइन ।

 

कार्यक्रमको दोश्रो चरणमा'महिला लेखन कठिनाइ र सम्भावना' का बारेमा छलफल भएको थियो । छलफलमा सुलोचना मानन्धर, धनकुमारी सुनार  र कैलाश राईले भाग लिएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार