• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
डबली

तेस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०८० सम्पन्न, बरिस्ठ संगीतकार शम्भुजीत बास्कोटालाई दीर्घ साधना

काठमाडौं। ब्राण्ड रुट इन्टरमेण्ट प्रालिको आयोजनामा तेस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०८० कार्यक्रम सम्पन्न भएको छ। शनिबार भ्वाइस अफ नेपालको हल धुम्बाराहीमा पूर्व मन्त्री एवं नेकपा (माओवादी केन्द्र)का सचिव गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न ५० विधामा अवार्ड वितरण गरिएको थियो।

 

कार्यक्रममा चर्चित गायक प्रमोद खरेल, एलिना चौहान र उर्गेन दोङ लगायतलाई सम्मान गरिएको थियो। लोकदोहोरी गायक चन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शशी शर्मा मजगैयाले गरेका थिए।

 

यस वर्षको दीर्घ साधना सम्मान वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटालाई प्रदान गरिएको छ । बास्कोटालाई पूर्व मन्त्री पोखरेलले २१ हजार १२१ रुपैयाँ नगद सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए। नेपाली सांगीतिक क्षेत्रमा बास्कोटाको योगदानको कदर गर्दै उनलाई दीर्घ साधना सम्मान गरिएको आयोजकले जनाएको छ। विगत लामो समयदेखि नेपाली गीत संगीतको क्षेत्रमा बास्कोटाले अतुलनीय योगदान पुर्याएको भन्दै उनकोे उच्च प्रशंसा गरिएको थियो।

 

यस्तै नव प्रतिभा खोजी सम्मान सञ्चारकर्मी भोजराज थापालाई प्रदान गरिएको थियो। नेपाली सञ्चार क्षेत्रमा पछिल्लो पुस्ताका सक्रिय थापाले सञ्चार कर्ममार्फत नवोदित कलाकारहरुलाई प्रोत्साहित गरेको भन्दै नगद सहित सम्मान पत्रद्वारा पुरष्कृत गरिएको थियो ।

 

अन्तर्राष्ट्रिय संगीत सम्मान जेनिशा गौतमलाई प्रदान गरिएको छ भने युवा प्रतिभा सम्मान २०८० बाट अंश बर्मालाई सम्मानित भएका छन् । यस्तै बहु प्रतिभाशाली अवार्ड टंक बुढाथोकी र सिर्जनशील उद्यमशीलता तर्फ दीपक कार्की सम्मानित भएका छन्।

 

यस वर्षको सर्वोत्कृष्ट आधुनिक गायकतर्फ प्रमोद खरेललाई सम्मानित गरिएको छ भने गायिकातर्फ समीक्षा अधिकारी सम्मानित भएकी छिन्। यस्तै सर्वोत्कृष्ट संगीतकारबाट रसिन सिंह सम्मानित भएका छन् भने गीतकार तर्फ हरिभक्त बुढाथोकीलाई सम्मान गरिएको छ।

 

सर्वोत्कृष्ट क्यामेरापर्सन (सिनेम्याटोग्राफर) बाट जितु तामाङ सम्मानित भएका छन् भने लोक पप निर्देशनतर्फ विम्रम चौहान सम्मानित भएका छन्। सर्वोत्कृष्ट लोक दाहोरी मोडल पुरुषतर्फ बिमल अधिकारी सम्मानित भए भने महिलातर्फ एलिना रायमाझी सम्मानित भएकी छिन्।

 

सर्वोत्कृष्ट आधुनिक पप गायकको अवार्ड टेक विसी र गायिकातर्फ एलिना चौहानले पाएका छन्। यस्तै सर्वोत्कृष्ट लोक दोहोरी गायकको रुपमा कमल विसी माल्दाई सम्मानित भए भने गायिका तर्फ लक्ष्मी खड्का सम्मानित भएकी छिन्। 

 

सर्वोत्कृट थारु गायकतर्फ रोशन रत्गैया र गायिकातर्फ अञ्जु कुश्मी, मोडल पुरुष तर्फ मुकुन्द जिसी र महिलातर्फ कविता राय सम्मानित भए । देउडा गायनतर्फ सर्वोत्कृष्ट गायकको अवार्ड नरेश बिसी र गायिकातर्फ रेखा जोशीले हात पारेका छन् भने युगल गायनतर्फ सन्तोष सुनार र अनु चौधरी सर्वोत्कृष्ट गायनको अवार्ड पाएका छन्।

 

यस्तै पब्लिक च्वाइसतर्फ मोडल बिक्रम बुढाथोकीले अवार्ड हातपारे भने नव आधुनिक गायकमा हर्क गहतराजले अवार्ड पाउन सफल भएका छन्। यस्तै नव आधुनिक गायिकातर्फ सिमरन परियार, संगीतकारमा निरप्रसाद गुरुङ र गीतकारमा नारायण श्रेष्ठले अवार्ड पाउन सफल भए।

 

यसैगरी सर्वोत्कृष्ट आधुनिक मोडेलको पुरुषतर्फको अवार्ड विजय दोङ र महिलातर्फ गिता ढुंगानाले हात पारेका छन् भने नव आधुनिक मोडल पुरुष तर्फ रमेश विश्वकर्मा र महिलामा कुसुम शर्माले उपाधि हात पार्न सफल भएका छन्। सर्वोत्कृष्ट आधुनिक गीत निर्देशक विकास प्रसाईं,  पप एरेञ्जरको उपाधि विशाल निरौला र भिडियो सम्पादनतर्फ लक्ष्मण चौहान सम्मानित भएका छन्।

 

यस वर्षको सर्वोत्कृष्ट गीतका लागि उर्गेन दोङ, लोकदोहारी संगीतकार अनिश दोङ दवाडी र गीतकारतर्फ रेखा खरेल र पप गायकको अवार्ड हिमाल श्रेष्ठले र नव पब्लिक च्वाइसतर्फ अवार्ड सञ्जु पाठकले प्राप्त गरे। 

 

७ विधामा प्रदान गरिएको जुरी अवार्ड सांगीतिक क्षेत्रका १५ स्रष्टालाई प्रदान गरिएको छ। जसमा सर्वोत्कृष्ट आधुनिक गायकतर्फ गोविन्द मधुर आचार्य, संगीतकारतर्फ सुवास कार्की र गीतकारमा शिव पौडेललाई सम्मानित गरिएको छ । 

 

यस्तै नव आधुनिक गायकतर्फ सुजनबाबु गुरुङ, गायिकामा रोजिना बस्नेत, संगीतकारतर्फ नेहार बुढाथोकी र मोडल महिलातर्फ संगीता शाहीले प्राप्त गरे। जुरी तर्फको सर्वोत्कृष्ट आधुनिक निर्देशकमा सर्जन बराल र पप एरेञ्जरको अवार्ड खेमराज गौतमले प्राप्त गरे।

 

सर्वोत्कृष्ट लोकदोहोरी संगीतकार अवार्र्ड ऋषि खड्का र अभिनेत्रीतर्फ मोडल झरना रिसालले पाएका छन्। यस्तै नव संगीतकार इन्करेजमेण्ट अवार्ड पुरुषतर्फ रमेश बस्नेत र महिलातर्फ केलिना सिजवाल र सर्वोत्कृष्ट ड्रेस डिजाइनरको अवार्ड सुनीता चौंलागाईंले प्राप्त गरिन्। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार