• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
डबली

खुसीले ल्याइन गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’

काठमाडौं । गायिका खुसी थुलुङ्ग राईले नयाँ गीतिसङ्ग्रह ‘खुसीका रङ्गहरू’ल्याएकी छिन् । सोमबार  दरबारमार्गमा रहेको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतिसङ्ग्रह सँगै ‘प्रेमको अर्थ’ नामक भिडियोलाई पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सार्वजनिक गरे ।

 


उनले सार्वजनिक गीतिसङ्ग्रहलाई सफलताको शुभकामना दिदै गीत सङगीत मन परेको प्रतिक्रिया दिए । ‘म गीतसङ्गीत धेरै बुझ्दिन तर राम्रो आवाज भएका, कलाभएका सर्जकलाई प्रोत्साहन गर्न उपस्थित हुन्छु । खुसी बहिनीले गीत सङगीतलाई निरन्तरता दिएर अगाडि बढ्नु पर्छ, निकै सुमधुर स्वर रहेको छ’, पूर्वमन्त्री किरातीले भने । उनले गीतसङ्गीतले समाज र राजनीतिज्ञलाई सजिलै रुपान्तरण गर्न विचार राख्दै सर्जकलाई निरन्तर सिर्जना गरिरहन आग्रह समेत गरे । 

 

गायिका खुसीले आफ्नो पहिलो गीतिसङ्ग्रह सार्वजनिक समारोहमा पाएको माया, हौसला र प्रतिक्रियाले अगाडि बढ्न प्रेरित गर्ने बताइन । ‘मेरो पहिलो प्रयासमापाएको हौसलालाई आगामी दिनमाप्रयोग गर्ने छु । गीत सङ्गीतको नयाँ मान्छे तर यस्तै प्रतिक्रियाले मलाई निरन्तरतादिन र गन्तव्यमा पुग्न प्रोत्साहन दिन्छ’, गायिकाखुसीले भनिन् । 

 


उनले सङ्ग्रहमा आठ गीत सङ्ग्रहित भएता पनि पहिलो गीत ‘प्रेमको अर्थ’ मात्र सार्वजनिक गरेकी छिन् । उक्त गीतमा क्रान्ति सुब्बाको शब्द र हरी लम्सालको सङगीत रहेको छ । गीतको भिडियोमा रुक्मान लिम्बू र करिश्मा श्रेष्ठले अभिनय गरेका छन् । मोडल लिम्बूले गीतको भावलाई पर्दामार्फत प्रस्तुत गर्ने कोसिश गरेको बताइन । 

 


‘गीत सुनेपछि यसको दृश्यलाई तयार गरिएको हो । गीतले एक जोडीको कथा पेस गरेको छ ।उनले भिडियोमा गरेको कामको उक्तकार्यक्रममा सबैले प्रसंशा गरेका थिए । गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका छन् ।  


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार