• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनलाई पर धकेल्न खोज्यो (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न लागिपरेको आरोप लगाएका छन् ।

 

आइतबार विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले गठबन्धनका नेताहरूले प्रतिनिधिसभाको निर्वाचन २०७९ बैशाखमा गर्ने  ‘कार्ड’ फ्याँकेपनि त्यो प्रस्ताव कुनै असल मनशायले नभई स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने र मुलुकमा राजनीतिक अन्यौल सिर्जना गर्ने गलत नियतका साथ अगाडि सारिएको बताएका छन् ।

 

हाम्रो पार्टी गत बर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको हो र आज पनि हामी यो मान्यतामा अडिग छौं । हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं । साथै, हाम्रो स्पष्ट अडान छ– यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन’, अध्यक्ष ओलीले भनेका छ्न् । 

 

शुक्रबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ६ महिने कार्यकालका उपलब्धि सुनाउँदै राष्ट्रका नाममा सम्बोधन गरेका थिए । त्यसको जवाफस्वरुप ओलीले आज पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सुुनाउे कार्यक्रम थियो । तर ओली र उनकी पत्नी राधिकालाई कोरोना संक्रमण देखिएपछि पत्रकार सम्मेलन स्थगित गर्दै उनले वक्तव्य जारी गरेका हुन्।

 

ओलीले स्थानीय तहको निर्वाचन पर धकेल्न गठबन्धनका नेताहरू नै लागिपरेको र राजनीतिक अस्थिरता मच्चाउने खेल भइरहेको समे बताएका छन् । साथै बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणका आरोपीहरुको फाइल फिर्ता झिकाएर अभियुक्तहरुलाई उन्मुक्ति दिने खतरनाक प्रपञ्च गरिएको आरोप समेत लगाएका छन् ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार