छिटो भन्दा छिटो स्थानीय चुनाव जरुरी : युवा नेता शाही
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले छिटो भन्दा छिटो स्थानीय चुनावको मिति घोषणा गर्न माग गरेका छन् । नेता शाहीले स्थानीय चुनाव लोकतन्त्रको आधारस्तम्भ भएको भन्दै समयमै स्थानीय चुनाव गराउनु पर्ने बताएका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता शाहीले भनेका छन्, ‘जनताको सुख दुःखमा साथ दिने भनेकै स्थानीय सरकारले हो । स्थानीय सरकारको मिति धकेल्दा कसैलाई पनि राम्रो गर्दैन।’ संसदीय चुनावभन्दा पहिलो आवश्यकता भनेको स्थानीय चुनाव हो । ‘अब स्थानीय चुनावको मिति छिटो भन्दा छिटो घोषणा गरेर तयारीमा जुट्नुपर्छ।’
वैशाखमा स्थानिय चुनाव नगर्दाका असरहरु :
-असार १० मा स्थानिय तहको बजेट प्रस्तुत गर्न र पारित गर्न नसकिने ।
-आर्थिक वर्ष सकिएपछि गाउसभा र नगरसभाको अनुमती विना संचित कोषवाट रकम खर्च नसकिने ।
-स्थानिय संचितकोषवाट सुविधा पाउने शिक्षक कर्मचारीको तलव भत्ता रोकिने ।
-वहु वर्षिय क्रमागत विकास आयोजनाका काम रोकिन जाने ।
-संविधानत : ६-६ महिनामा वस्ने गाउ तथा नगरसभा वस्न नसक्ने ।
-कुनै पनि नयाँ विकास निर्माण र सेवाप्रवाहका काम गर्न नपाइने ।
-स्थानिय तहवाट हुने सेवा प्रवाहमा जहाँ गाउ तथा नगरसभा,वडाध्यक्ष र कार्यपालिका प्रमुखको निर्णयवाट हुने सबैकाम अवरुद्ध हुने ।
-स्थानिय निकायको निर्वाचन नहुदा जिल्ला समन्वय समिति, राष्ट्रपति र उपराष्ट्रपतिका साथै राष्ट्रिय सभाको निर्वाचन समेत प्रभावित हुने।
-नेपाली विशेषताको संघियताको मुलमर्ममाथि प्रहार हुने।
-पुनः केन्द्रिकृत अभ्यास तर्फ मुलुक फर्कने ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस