• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

प्रधानमन्त्री देउवा आइसोलेसनमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेसनमा बसेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी आजदेखि आइसोलेसनमा बसेका हुन ।

 

प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेसनमा बसेका हुन ।

 

दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी भएका थिए । प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

 

माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल,मातृका यादव, डोरप्रसाद उपाध्याय,रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार