हेलिकप्टर दुर्घटनामा भारतीय सेना प्रमुख रावतसहित १३ जनाको मृत्यु
काठमाडौं । भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ ।
भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको जानकारी दिएको छ ।
रावतसहित उनको पत्नि मधुलिका र थप ११ जनाको निधन भएको छ । रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो ।
रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् । यसअघि उनी भारतीय स्थल सेनाध्याक्ष रहेका थिए ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस