चन्द्राको चित्रमा महिला र प्रकृतिको प्रतिबिम्ब
०००
‘चित्रकला महिलाको जीवनमा अहिले प्रमुख अंग बन्नु स्वाभाविकै हो । किनभने ती चित्रहरूमा नेपाली नारीको प्रतिबिम्ब झल्किन्थ्यो ।’
यी नवीनतम विचार राख्ने विगत दुई दशकदेखि नेपाली चित्रकलामा समर्पित वास्तविक स्रष्टा हुन् चन्द्रा श्रेष्ठ। दक्षिण कोरिया,भारत लगाएतका विभिन्न ठाउँमा ६ पटकसम्म एकल कला प्रदर्शनी गरिसकेकी चन्द्रा हाल युवापुस्ताका नेपाली महिला कलाकारको पंक्तिमा एउटा उदीयमान उज्ज्वल प्रतिभाको रूपमा स्थापित भइसकेकी छिन ।
ललितकला क्याम्पसबाट स्नातकोत्तर गरेकी श्रेष्ठ भन्छिन,‘प्रकृति र कला पूर्ण जीवन हो । प्रकृति हाम्रो जीवन संस्कृतिका अभिन्न आधार पनि हो। यी सबैले हामीलाई बाच्ने कला र शैली सिकाउँछन । देवताको पूजा गर्नेले देवतालाई प्राप्त गर्छन्, प्रकृतिको पूजा गर्नेले प्रकृतिलाई प्राप्त गर्छन ।’
चन्द्राको चित्रहरूमा हरियो, रातो, निलो र पहेलो रंगमा कोरिएका हुन्छन। यी रंगहरूको मिश्रणले चित्रकलालाई अझ जीवन्त बनाएको छ। उनको चित्रहरू चित्ताकर्षक देखिन्छन।
चन्द्रा जहाँजहाँ यात्रा गर्छिन उनी त्यहीका प्राकृतिक सुन्दरतालाई आफ्नो अभिव्यक्तिको माध्यम बनाउँछिन। उनले तयार पारेका चित्रकलाका विषय वस्तुमा प्राय: पिपलबोट, सुन्दर झरना, मन्दिर,नारीको चित्कार र सामाजिक जन–जीवनसंग सम्बन्धित विभिन्न चित्रहरू रहेका हुन्छन। चन्द्राले आगामी दिनहरूमा हिमाल, पहाड़ी जनजीवन जस्ता विषयवस्तुको थीममा बा‘धिएर चित्रहरू कोर्ने अभिलाषा लिएकी छन ।
प्रतिकृया दिनुहोस