• बुधबार ६-१३-२०७८/Wednesday 09-29-2021
राजनीति

कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिकामा फेरि हेरफेर

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ । भदौ २३ भित्र वडा अधिवेशन सम्पन्न हुन नसकेपछि कांग्रेसले केन्द्रीय महाधिवेशन र क्षेत्रीय अधिवेशनको मितिबाहेक अन्य तहको अधिवेशनको कार्यतालिकामा हेरफेर गरेको हो । क्रियाशील सदस्यता विवाद रहेका कारण केही जिल्लामा वडा तहको अधिवेशन भइसकेको छैन।

 

आज बसेको पदाधिकारी बैठकमा तोकिएको समयमा वडा तहको अधिवेशन सम्पन्न नभएका कारण तालिका हेरफेरको प्रस्ताव गरिएको हो । महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय महाधिवेशनको तालिका परिवर्तन नहुने गरी, वडा, स्थानीय तह र जिल्ला अधिवेशनका मिति केही पछाडि धकेल्न प्रस्ताव गरेका थिए ।

 

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सहभागी नभएको बैठकमा महामन्त्री खड्काले यस्तो प्रस्ताव पेश गरेका हुन ।  यही भदौ २७ लागि तोकिएको स्थानीय तहको अधिवेशन अब असोज ९ गते हुनेछ ।

 

त्यस्तै १ असोजमा हुने भनिएको प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज ११ मा र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन १३ असोजमा हुनेछ । एकभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा भने असोज १६ गते अधिवेशन गर्ने प्रस्ताव गरिएको छ । प्रदेश अधिवेशन १०–१२ कात्तिकमा र केन्द्रीय महाधिवेशन ९–१३ मंसिरमा हुनेछ । २० जिल्लामा रोकिएको वडा अधिवेशन ५ असोजमा हुनेछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार