• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित 

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । 

 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठक स्थगित गर्नुपर्ने भन्दै स्थायी समिति सदस्यहरुलाई जानकारी गराएका थिए।

 

माओवादी केन्द्रले आज दिउँसो ३ बजे बैठक राखी सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने योजना बनाएको थियो।

 

काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनमोर्चाको समर्थनमा २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषललाई पूर्णता दिन सकेका छैनन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार