• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

कांग्रेसद्वारा थप क्रियाशील सदस्यता नामावली विवरण सार्वजनिक

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले सोमबार थप ३३ जिल्लाका ६५ ठाउँको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट www.nepalicongress.org मार्फत सार्वजनिक गरेको छ ।

 

यही जेठ २९ गते समितिले गरेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक गरिएको समिति सचिव केशव रिजालले जानकारी दिए । कांग्रेसले यसअघि एक सय एक ठाउँका क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ ।

 

सोमबार सार्वजनिक गरिएका र यसअघि सार्वजनिक गरिएका नामावलीमाथि कुनै उजुरी, गुनासा वा सुझाव भएमा समितिमा उजुरी तथा गुनासो पठाउन सकिने व्यवस्था गरिएको उनले बताए ।आउँदो असार ६ गतेपछि प्राप्त भएका उजुरीमाथि कुनै सुनुवाइ नहुने पार्टी कार्यालयले जनाएको छ ।

 

सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटि भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले र नवीकरणतर्फका जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाणसहित त्रुटि सच्याउन वा नाम समावेश गराउन असार ६ गतेभित्र नै लेखी पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार