• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

नेपाल समुहले दियो ओलीलाई भोलि बिहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वैशाख २७ गते बिहान ९ बजेसम्म पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न अल्टिमेटम दिएको छ ।

 

माधव नेपाल पक्षका सांसदरुको बैठकले बिहान ९ बजेसम्म आफ्नो अल्टिमेटम पूरा गरेमा संसदमा विश्वासको मत दिने निर्णय गरेको छ। यदि यसो नगरे भोलि नै कठोर निर्णय गर्ने नेता योगेश भट्टराईले बताए ।

 

आइतबार दिउँसो पार्टी अध्यक्ष ओलीको प्रतिनिधिका रुपमा आएका सुवास नेम्वाङ र विष्णु पौडेलसँग भेटवार्ता गरेपछि नेता नेपालले आफ्ना सांसदहरुको बैठक बोलाएका थिए ।

 

नेपाल समूहले आफ्नो पक्षका सांसदहरुलाई भोलि विहान साढे ९ बजे बैठकमा बोलाएको छ । ९ बजेसम्म ओलीले सम्बोधन नगरे साढे ९ बजे बैठक बसेर राजीनामा वा अन्य कुनै निर्णय लिइने उनले जानकारी दिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार