• सोमबार १-२४-२०८१/Monday 05-06-2024
अर्थ

चन्द्रागिरी हिल्सको आईपीओ बाँडफाँट

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । शुक्रवार भएको बाँडफाँटमा बढी पाउनेले ११ कित्तासम्म शेयर पाएका छन् ।

 

योग्य आवेदक १२ लाख ११ हजार ११५ मध्य १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले शेयर पाएका छन् भने यी मध्यकै दुई जनाले थप एक एक कित्ताका दरले पाएका छन् ।

 

उक्त कम्पनीको आईपीओमा मागभन्दा १७ दशमलव ५७ गुणा बढी आवेदन परेको थियो । १२ लाख ५१ हजार ९३८ जना आवेदकले २ करोड ४४ लाख २९ हजार ८४० कित्ता शेयर खरीदको लागि आवेदन दिएका थिए ।

 

यी आवेदकहरुबाट २ करोड २८ लाख २० हजार २१० कित्ता शेयरको माग भएको विक्री प्रबन्धकको भनाई छ। कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार