• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

प्रधानमन्त्रीको व्यस्तताका कारण नेकपा सचिवालय बैठक स्थगित,अर्को बैठक शनिबार बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । अर्को बैठक २० गते शनिबार दिउँसो १ बजे बस्ने बालुवाटार स्रोतले बताएको छ। 

 

सचिवालयका सदस्यहरु बैठकका लागि बालुवाटार पुगे पनि प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ। सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालले एकअर्कालाई आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि विवाद हुँदै आएको छ ।

 

प्रधानमन्त्री ओली बैठक नै नबस्ने पक्षमा छन् तर अन्य सचिवालयका सदस्यले भने दुवै अध्यक्षको प्रस्ताव सचिवालयसहित अरू बैठकमा छलफल हुनुपर्ने धारणा राख्दै आएका छन् । मंगलबारको बैठकमा दुई अध्यक्षको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको छ ।

 

मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री ओली र कात्तिक २८ गते कार्यकारी अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको हो । कार्यकारी अध्यक्षको प्रस्तावलाई लिएर ओली असन्तुष्ट बनेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार