• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
राजनीति

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

 

आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघिको बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । मंसिर ३ गतेको बैठकमा प्रस्तुत प्रस्तावको अध्ययन गरी आवश्यक छलफल तथा गृहकार्य समेत गरेर आज बस्ने बैठकमा छलफल हुने बताइएको हो ।

 

यसअघिको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिँदै कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको प्रस्ताव अस्वीकार गर्दै फिर्ता लिन आग्रह गरेका थिए ।

 

बैठक आज १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार