• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
डबली

मेरी उनी

मन मिल्ने तन मिल्ने खै भेटेको छैन अझै
कस्ती होलिन मेरी उनी देखेको छैन अझै

 

धेरै भयो पर्खिबस्या नी उनको बाटो हेरी
सुन्दर मनको घरलाई छेपेको छैन अझै


सुवासिली दिलवाली नै यो मनले रोज्छ
हाम्रो मिलनको मिठो भाका रेटेको छैन अझै


शंका नगरे हुन्थ्यो खै अरु कोहि होला भनी
दिलको ढोका खुल्ला छ है छेकेको छैन अझै

 

आशाहरु जीवितै छन् जब सास रहे सम्म 
हो समयले नेटो काट्यो लेखेको छैन अझै 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार