• मंगलबार ५-१६-२०८३/Tuesday 09-01-2026
देश/प्रदेश

विष्णुमति, धोवीखोला सहितका क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौंमा अहिले भारी बर्षा भइरहेको छ । काठमाडौंस्थित विष्णुमती नदीको जल सतह खतराको तह नजिक पुगेको छ ।

 

बाढी पूर्वानुमान महाशाखाको सूचनाका अनुसार गोंगबु जलमापन केन्द्रले विष्णुमतीको जल सतह खतरा तह नजिक मापन गरेको छ ।

 

सोमबार राति ८ः४० बजे सूचना जारी गर्दै महाशाखाले विष्णुमति, धोवीखोला सहितका क्षेत्रमा सतर्कता अपनाउन भनेको हो ।

 

गोङ्गबु जलमापन केन्द्रमा जलसतह खतरा तह नजिक पुगेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार