५४७ जनाको शव फेला
काठमाडौं । रसुवाको भोटेकोशीमा हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शुक्रवार दिउँसो सम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको जनाएको छ।
हालसम्म २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको प्रहरी स्रोतले जनाएको छ । ५४७ शवमध्ये चितवनमा सबैभन्दा धेरै २२१, नवलपरासी पूर्वमा १३४, गोरखामा ४४, धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा २९, नवलपरासी पश्चिममा २८ र रसुवामा १३ वटा शव फेला परेका छन्।
त्यस्तै, बाढीबाट प्रभावित १ हजार ४७३ जनाको उद्धार तथा उपचार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाका ५७२, नुवाकोटका ८९८ र धादिङका ३ जना रहेका छन्।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस