९७४ शव फेला, ४५९९ सम्पर्कविहीन
काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा विनाशकारी बाढीको छैटौँ दिनसम्म मृत्यु हुनेको संख्या हजार पुग्न लागेको छ । रसुवासहित चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट र नवलपरासी पूर्वका विभिन्न स्थानमा लगातार शवहरू भेटिने क्रम जारी छ ।
फेला परेका शवमध्ये २८ बालक, ३५ बालिका, २०९ महिला, ३८२ पुरुष छन् । बाढिमा परी ४ हजार ५९९ जना सम्पर्कविहीन छन् भने उनीहरूको खोजी तथा उद्धारका लागि २१ हजार आठजना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ३७९ जना नागरिकको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये गम्भीर अवस्थाका २७९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेकोमा १६८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । उद्धारका लागि नेपाली सेनाका हेलिकप्टरहरू मुख्य गरी रसुवा, टिमुरे, त्रिशूली र धुन्चे क्षेत्रमा निरन्तर केन्द्रित भइरहेका छन् ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट २५४ जनाको उद्धार गरिएको छ भने यसको सुरुङभित्र खोजीका लागि नेपाली सेनासँगै कोरियन र चिनियाँ टोली खटिएका छन् ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस