• मंगलबार ५-१६-२०८३/Tuesday 09-01-2026
देश/प्रदेश

सशस्त्र प्रहरी सम्पर्कविहीन

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट रसुवाको टिमुरे र मैलुङ क्षेत्रमा ड्युटीमा खटिइएका १३ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । 

 

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार टिमुरेबाट नौ र मैलुङबाट चार जना सम्पर्कविहीन भएका छन् । बाढीपछि त्यस क्षेत्रमा सञ्चार सम्पर्क टुटेको छ । उनीहरुको खोजी भइरहेको छ । 

 

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सिनामङ्गलस्थित विपद् उद्धार गणबाट ६० जनाको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । सशस्त्र प्रहरीको टोली रसुवादेखि नवलपरासीको त्रिवेणीसम्म पूर्वतयारी र प्रतिकार्यमा जुटेको छ । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार