सरकार गैरजिम्मेवार :अध्यक्ष साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले सरकार जनअपेक्षा अनुसार काम गर्न असफल भएको बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले सरकारका विभिन्न मन्त्रालयहरूको कार्यसम्पादन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएका हुन्।
उनले प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो जिम्मेवारी अनुसार काम गर्न नसकेको बताए। ‘प्रधानमन्त्री सीमा रक्षा गर्न नसक्ने,गृहमन्त्रीले सुरक्षा दिन नसक्ने,शान्ति सुव्यवस्था दिन नसक्ने, आपूर्ति मन्त्रीले ग्यास मल दिन नसक्ने,श्रम रोजगार मन्त्रीले रोजगारी दिन नसक्ने,अर्थमन्त्रीले बजार दिन नसक्ने,राहत दिन नसक्ने,महँगी नियन्त्रण गर्न नसक्ने,सहकारी पीडितले पैसा फिर्ता गर्न नसक्ने ?’
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानाकर्षण गराउँदै राईले सुनसरीको रामधुनी-७ स्थित ६४ बिघा जग्गा भूमाफियाले आफ्नो नाममा पारेको विषयमा बस्तीवासीलाई न्याय दिन माग गरे। धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको अर्बौँ रुपैयाँ जोखिममा परेको उल्लेख गर्दै उक्त रकम फिर्ता गराउन सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिएका छन्।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस