बाँसबारीको साढे दुई तल्ले घर भासियो,घट्नाका सम्बन्धमा थप अध्ययन जारी
काठमाडौं । बाँसबारी स्थित हरी श्रेष्ठको साढे दुई तल्ले घर भासिन्न पुगेको छ । दार्चुलाका नर वहादुर बमले सञ्चालन गरेको न्यु गण्डकी गेष्टहाउस अचानक जमिन भासिन्न गई घर पल्टिएर डाँडामा रहेको बाँसको झ्याङमा अढेस लागेको छ ।
अहिले महाराजगंज प्रहरी टोलीले माईकिङ गरी स्थानियलाई सचेत गराएको छ । गेष्टहाउसमा कोही नरहेकोले मानबिय क्षति नभएको र घट्ना सम्बन्धमा थप अध्ययन जारी रहेको प्रहरीले जानकारी दिएको छ ।





प्रतिकृया दिनुहोस