• बिहीबार ५-४-२०८३/Thursday 08-20-2026
डबली

कवि सुनुवारको दशौँ कृति 'शून्यदेखि पूर्णसम्म’ (मान सरोवर)

काठमाडौं । कवि तारादेवी सुनुवारको दशौँ कृति  'शून्यदेखि पूर्णसम्म’ (मान सरोवर) यात्रा नामक पुस्तकको विमोचन भएको छ । वरिष्ठ कवि एवं पूर्व मुख्य सचिव विमल कोइराला, आध्यात्मिक चिन्तक एवं गोरखापत्रका पूर्व सम्पादक कमल रिजाल, साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला, भानु प्रतिष्ठानका अध्यक्ष डिपी अर्याल, चलचित्रकर्मी मुकुन भुषाल, संविधानसभा सदस्य माननीय यज्ञराज सुनुवार लगायतले पुस्तक विमोचन गरेका हुन ।

 

प्रमुख अतिथिका रूपमा बोल्दै  पूर्व मुख्यसचिव एवं कवि विमल कोइरालाले पुस्तकले मानसरोवर क्षेत्रको यात्रा विवरण मात्र नभई त्यस क्षेत्रको अर्थशास्त्र र जनजीविकाबारे पनि गहिरो गरी छोएको बताए ।

 

गोरखापत्रका पूर्व सम्पादक तथा लेखक कमल रिजालले २० मिनेट लगाएर पुस्तकको समीक्षा गरेका थिए।  रिजालले पुस्तकको शीर्षकदेखि लेखकको परिचयसम्मको गहिराइ नाप्ने प्रयास गरे । कलाकार मुकुन भुषालले पुस्तकमा लेखकको आफ्नो भूमिप्रतिको अगाध प्रेम प्रस्ट झल्किएको धारणा व्यक्त गरेका थिए।

 

नेपाली साहित्यमा  सुनुवारका 'परिस्थिति' (कवितासङ्ग्रह, २०७३)'अविरल'(कवितासङ्ग्रह, २०७५), 'सम्झनाका फूलहरू' (गजलसङ्ग्रह, २०७८),'युद्धभूमिमा डामिएको मन'(अनुभूति–संस्मरण, २०८१) र 'जिर्मा' (कवितासङ्ग्रह, २०८२) प्रकाशित छन्। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार