• सोमबार २-४-२०८३/Monday 05-18-2026
डबली

युक्रेनद्वारा रुसमाथि ड्रोन हमला

काठमाडौं । युक्रेनमाथि सन् २०२२ मा अतिक्रमण गरेयता रुस सबैभन्दा भीषण ड्रोम हमलामा परेको देखिएको छ। देशका १४ वटा क्षेत्रमा रातभरि ५५६ वटा ड्रोन खसालेको रुसी सेनाले जनाएको छ। मस्को क्षेत्रमा कम्तीमा तीन जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। राजधानीदेखि उत्तरमा पर्ने खिम्कीस्थित एउटा घरमा एक महिलाको ज्यान गएको क्षेत्रीय गभर्नर एन्ड्रेई भोरोबिएभले बताए।

 

ड्रोन हमलामा परी पोगोरेल्की गाउँमा अर्का एक पुरुष र एक महिलाको मृत्यु भएको हो। क्षेत्रीय गभर्नर भोरोबिएभका अनुसार ड्रोन हमलामा परी तीन पुरुष र एक महिला घाइते भएका छन् भने कैयौँ घरहरूमा क्षति पुगेको छ। युक्रेनले निशाना बनाएका स्थानमध्ये राजधानीस्थित प्रमुख तेल प्रशोधन केन्द्र पनि रहेको छ। मस्कोका मेयर सेर्गेई सोबियानिनका अनुसार उक्त केन्द्रमाथि हमला गरिँदा १२ जना घाइते भएका छन्।

 

रुसी ड्रोन हमलामा युक्रेनमा आठ जना घाइते भएका युक्रेनी अधिकारीहरूले बताएका छन्। यसअघि शुक्रवार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई कडा जबाफ दिने बताएका थिए। रुसले युक्रेनमाथि १,५०० ड्रोन प्रहार गर्दा २४ जना मारिएपछि जेलेन्स्कीले उक्त चेतावनी दिएका थिए। "राति ३ बजेदेखि हवाई प्रतिरक्षा फौजहरूले ठूलो सङ्ख्यामा ड्रोनहरूलाई निस्तेज पारिरहेका" क्षेत्रीय गभर्नर भोरोबिएभले आइतवार सबेरै टेलिग्राममा लेखेका थिए।

 

मस्कोदेखि दक्षिण-पश्चिममा पर्ने सुबोटिनो गाउँमा एउटा निजी घरमा आगलागी भएको भोरोबिएभले बताए। युक्रेनले मस्को क्षेत्रमा गरिएका पछिल्ला ड्रोन हमलाहरूबारे कुनै प्रतिक्रिया दिएको छैन। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार