• शुक्रबार ५-५-२०८३/Friday 08-21-2026
देश/प्रदेश

स्वदेश फर्किए देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशमा राष्ट्रिय एकता सुदृढ बनाउन र विगतका विभाजन एवम् विद्वेषका घाउहरू निको पार्न आह्वान गरेका छन्।

 

जेन्जी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवाले पाँच महिनाको विदेश उपचारपछि बिहीबार स्वदेश फर्किएलगत्तै एक विशेष सन्देश जारी गर्दै सो आह्वान गरेका हुन।  

 

आफ्नो सन्देशमा उनले आफू कुनै शक्ति प्राप्त गर्नका लागि नभई राष्ट्रिय एकतालाई बलियो बनाउने उद्देश्यका साथ स्वदेश फर्किएको स्पष्ट पारे । 

 

पूर्वसभापति देउवाले जारी गरेका वक्तव्यमा मुलुकको विद्यमान जटिल परिस्थितिलाई समाधान गर्न सम्पूर्ण राजनीतिक तथा प्रजातान्त्रिक शक्ति एकाकार हुनुपर्नेमा जोड दिएका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार