• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
स्वास्थ्य

बारम्बार निद्रा बिग्रँदा, मस्तिष्कको क्षमतालाई असर पुग्न सक्छ

यदि तपाईँ राम्ररी सुत्नुहुन्न र अब्सट्रक्टिभ स्लीप एपनिया ९ओएसए०का लक्षणहरू छन् भने, यसले दिमागको सोच्ने र बुझ्ने क्षमतालाई असर गर्न सक्छ। यस विषयमा एउटा नयाँ अध्ययनले भारतमा १० मध्ये एक जनालाई यस्तो समस्या हुने र उमेर बढ्दै जाँदा मानिसको मस्तिष्कको कार्यक्षमतामा असर गर्ने देखाएको छ। अखिल भारतीय आयुर्विज्ञान संस्थानका न्यूरोलोजी विभागका प्रमुख डा। कामेश्वर प्रसादले नेतृत्व गरेको यो अनुसन्धान ७,५०५ जना वयस्कहरूमा गरिएको थियो।

 

भारतका धेरै स्वास्थ्य संस्थाहरू बाहेक द नेदरल्याण्ड्सको इरामस मेडिकल सेन्टरको इपिडिमिओलोजी विभाग र अमेरिकाको हार्वर्ड टीएच चेन स्कुलका जनस्वास्थ्य तथा व्यवहार विज्ञान विभागका डाक्टरहरू समेत यो अध्ययनमा सामेल भएका थिए। ूयस्तो प्रकारको अध्ययन भारतमा पहिलो हो, जसमा जीनोमिक्स, न्यूरोइमेजिङ र निद्रासँग सम्बन्धित धेरै मापदण्डहरू अध्ययन गरिएको थियो। यसमा महिला र पुरुषको करिब बराबर सहभागिता थियो,” डा कामेश्वर प्रसादले बीबीसीसँग भने।

 

विश्वका धेरै देशजस्तै भारतमा पनि वृद्ध वृद्धाको जनसङ्ख्या बढ्दो क्रममा छ। डा कामेश्वर प्रसादका अनुसार 'उमेर बढ्दै जाँदा देखिने प्रमुख रोगहरू डिमेन्सिया वा बिर्सने, हृदयाघात वा स्ट्रोक हुन्।' यो अनुसन्धान मुख्यतया ती समस्याहरूमा केन्द्रित थियो।

 

अनुसन्धानमा मानिसहरूलाई निद्राको कमी, अब्सट्रक्टिभ स्लीप एपनिया ९ओएसए० लगायतसँग सम्बन्धित धेरै प्रश्नहरू सोधिएको थियो र उनीहरूको मस्तिष्कको काम गर्ने क्षमता जस्तै सम्झने, योजना बनाउने, डिजाइन गर्ने, अनुक्रम मिलाउने लगायतका गतिविधिका बीचमा रहने सम्बन्ध पत्ता लागेको थियो।

 

'अनुसन्धानले राम्रोसँग निदाउन नसक्ने वा ओएसए भएका मानिसहरूको मस्तिष्कको क्षमता राम्रोसँग निदाउने मानिसहरूको तुलनामा कम भएको देखाएको छ,' डा कामेश्वर प्रसाद भन्छन्।


डा जेसी सुरीका अनुसार निदाएको समयमा मानिसहरूको श्वासनली साँघुरो भएर कतिपय व्यक्तिको आंशिक रूपमा श्वासनलीमा अवरोध पनि हुन्छ। यस्तो अवस्थामा मानिस घुर्न थाल्छ। कतिपय अवस्थामा श्वासनली बन्द भएर स्लीप एपनिया हुनसक्छ। यस्तो अवस्थामा श्वास फेर्न नसक्दा अक्सिजनको मात्रा घट्छ र कार्बन डाइअक्साइड बढ्छ। निद्रा खुलेपछि मात्रै श्वासप्रश्वासको बाटो खुल्छ।

 

स्लीप एपनियाबाट पीडित व्यक्तिहरू एक घण्टामा १५, २५ वा ५० पटकसम्म निद्राबाट ब्युँझन्छन्। जसका कारण मानिसलाई गहिरो निद्रा पर्दैन र निद्रामा असन्तुलन हुन्छ। घुर्ने समस्याबाट बच्न आफ्नो तौल नियन्त्रण गर्नुपर्ने चिकित्सकहरूको सल्लाह छ। किनभने तपाईँको चिउँडो नजिकै धेरै बोसो भएको तन्तु हुन सक्छ। यसले श्वासनली साँघुरो बनाएर श्वासको प्रवाहमा बाधा पुर्‍याउन सक्छ। यस्तो अवस्थामा तौलमा नियन्त्रण कायम राख्दा घुर्ने समस्याबाट राहत मिल्छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार