• आइतबार १-१६-२०८१/Sunday 04-28-2024
स्वास्थ्य

रुघाखोकीलाई सामान्य रुपमा नलिउँ !

काठमाडौं । चिसो बढेसंगै  मौषमी फ्लूका विरामी बढ्न थालेको छन् । रुघाखोकीको समस्याले लामोसम्म सताउने गरेको भन्दै अस्पताल पुग्नेहरु पनि बढेका छन् ।

 

मौसम परिवर्तनसंगै हुने स्वास्थ्य समस्यालाई सामान्य रुपमा लिने गरिन्छ । नाकबाट पानी बग्ने र नाक बन्द हने, थकाइ लाग्ने, जीउ दुख्ने, जस्ता लक्षण देखिने गर्दछ । पछिल्लो समय परिवारका एक सदस्यलाई रुघाखोकी लागेको अवस्थामा अन्य व्यतिmमा समेत सर्ने तथा यस्ता समस्या लामो समयसम्म देखिने गरेको छ ।

 

यसरी रुघाखोकीको लक्षण देखिनुमा फ्लू, कमन कोल्ड, एडिनो भाइरस, राइनो भाइरस तथा कोरोना भाइरस लगायतका भाइरसका कारण हुन सक्ने चिकित्सकको ठम्याइ छ । तर रुघाखोकी हुनुको कारण के हो भनेर पहिचान गर्ने तर्फ ध्यान दिने भन्दा पनि आफु खुशी औषधी किनेर खाने तथा रोग लाग्नुको कारण पहिचान गर्न नखोज्नु प्रमुख समस्या भएको सरुवा रोग चिकित्सकको बुझाइ छ ।

 

समान्यतया रुघाखोकीले स्वास्थ्यमा खासै ठूलो असर नपार्ने भएकाले यस्ता लक्षण देखिएमा उपचारका लागि बिरामी खासै अस्पताल जाने गरेको देखिदैन । लामो समयसम्म लाग्ने रुघाखोकीलाई समान्य रुपमा लिने भन्दा पनि यसको परिक्षणका साथै अध्ययन अनुसन्धान गर्न समेत आवश्यक भएको सरुवा रोग चिकित्सकहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार