• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

यला दरवारमा वियर जात्रा 

काठमाडौं । नेपालमा पहिलो पटक वियर जात्रा हुने भएको छ । वडा दशैँ र तिहारको उपलक्ष्यमा मदिरा व्यवसायी संघ ललितपुरले आयोजना गर्ने एक दिने बृहत वियर जात्रा ललितपुरको यला दरवार शंखमूलमा असोज ८ गते शनिवार आयोजना हुने भएको छ । वियर जात्रामा स्वदेशी र विदेशी वियर कम्पनिबाट उत्पादित सबै वियरहरु समावेश गरिने  संघका अध्यक्ष उपेन्द्र लाखेले बताए ।


मदिरा व्यवसायी संघ ललितपुरका सल्लाहकार मुकुन्द महर्जनका अनुसार, वियर जात्रामा चाडपर्वलाई मध्यनजर राख्दै विशेष छुटका साथ वियरहरु सहुलियत मुल्यमा उपलब्ध गराइनुका साथै विभिन्न कम्पनिले जात्रामा सहभागी हुनेहरुलाई फ्री टेस्टिङ्खको समेत व्यवस्था मिलाएका छन् ।


जात्राका संयोजक तथा मदिरा व्यवसायी संघ ललितपुरका सचिव कवि राज श्रेष्ठले जात्रा दिन ११ः३० बजे देखि साँझ ७ः०० बजेसम्म हुने र जात्रा हेर्न आउनेहरुले मनोरन्जन सहित विभिन्न भेराइटिजका फुड स्टलहरुबाट भरपुर आनन्द लिन सक्ने जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार