• शनिबार १-२२-२०८१/Saturday 05-04-2024
देश/प्रदेश

सरकारले भोलि सार्वजनिक बिदा दिने

काठमाडौं। सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ। भोली कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको  हो।

 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट भोली सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

 

थानी दुईदिने नेपाल भ्रमणका सिलसिलमा मंगलबार काठमाडौं आउने र उच्चस्तरिय भेटवार्ता गर्ने कार्यक्रम छ।कतारका राजा थानी मंगलबार साँझ ५ः३५ मा काठमाडौं ओर्लने बताइएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार