• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
बिश्व

लेखक सलमान रुस्दी भेन्टिलेटरमा

काठमाडौं । चर्चित लेखक सलमान रुस्दीमाथि अमेरिकाको न्यूयोर्कमा शुक्रवार आयोजित एक कार्यक्रममा छुरा प्रहार भएपछि उनको अवस्था गम्भीर छ। रुस्दीको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

 

हमलाका कारण उनको कलेजोमा गम्भीर असर परेको छ भने उनले एउटा आँखा समेत गुमाउनसक्ने बताइएको छ। उनलाई एक साहित्यिक कार्यक्रममा भाग लिइरहेको अवस्थामा एक व्यक्तिले मञ्चमा उक्लिएर चक्कुले प्रहार गरेका थिए।

 

अहिले उनी भेन्टिलेटरमा रहेको र बोल्न नसक्ने अवस्थामा रहेको उनका प्रतिनिधि एन्ड्रिउ वाइलीले एक विज्ञप्तिमा जनाएका छन्। उनीमाथिको हमलालाई लिएर विश्वभरिबाट प्रतिक्रिया आएको छ भने अमेरिकाका लगभग सबैजसो सञ्चारमाध्यममा उक्त खबरले प्राथमिकता पाएको छ।

 

सन् १९८८ मा द सेटनिक भर्सेस पुस्तक लेखेयता रुस्दीले इस्लामिक अतिवादीहरूबाट हत्याको धम्की खेपिरहेका छन्। प्रहरीले न्यूजर्सीका हादी मतर नाम गरेका २४ वर्षीय सन्दिग्ध व्यक्तिलाई पक्राउ गरेको छ। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार