केएल टावरबाहिरको स्थिति तनावग्रस्त, एफक्युबले रोक्यो ‘कबड्डी ४’को प्रदर्शन
काठमडौँ ।एफक्युब सिनेमा हल रहेको भवन केएल टावरबाहिर स्थिति तनावग्रस्त बनेपछि मध्यान्ह १२ बजेको शो स्थगित भएको छ ।
अभिनेत्री मिरुना मगरलाई ‘दुर्व्यवहार’ गरेको आरोपमा पक्राउ परेका युवकलाई रिहाइ गर्न माग गर्दै प्रदर्शन चर्किएपछि चावहिलस्थित मल्टिप्लेक्सले फिल्म ‘कबड्डी ४’को प्रदर्शन रोकेको हो ।
हल प्रशासनका अनुसार स्थिति सामान्य बनेपछि मात्रै फिल्म प्रदर्शन हुनेछ ।सिभिल मलको कफी सपमा एक बौद्ध भिक्षुले दुर्व्यवहार गरेको अभिनेत्री मिरुनाले आरोप लगाएकी थिइन ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस