• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

प्रधानन्यायाधीश राणाले बोलाए न्याय सेवा आयोगको बैठक 

काठमाडौं । नेपाल बार एसोसियसनको लगातारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दोस्रोपटक आजका लागि न्याय सेवा आयोगको बैठक डाकेका छन् ।

 

यसअघि ६ पुसमा बोलाइएको बैठक बस्दैनबसी स्थगित भएको थियो । तर, नेपाल बारको असहमतिका बाबजुत प्रधानन्यायाधीश राणाले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।

 

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ ।

 

कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा छन् । अध्यक्ष र अन्य २ जना सदस्य उपस्थित रहेमा गणपूरक संख्या मानिने र बहुमतले निर्णय गर्न सकिने न्याय सेवा ऐन २०७३ मा उल्लेख छ । खुला प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशको नतिजालाई अनुमोदन गरेर अन्तर्वार्ता समिति गठन गर्ने कार्यसूची आजको बैठकको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार